देश

काठमाडौँको सिफल, कोटेश्वर र बल्खु क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौँ । जिल्ला प्रशासन कार्यलय, काठमाडौँले सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आइतबार काठमाडौँको सिफल चौर, कोटेश्वर र बल्खु क्षेत्रमा निषेधाज्ञा जारी गर्दै सो क्षेत्रमा अनसन, जुलुस, धर्ना, घेराउ प्रदर्शन र सभा जस्ता विरोध कार्यक्रम गर्न निषेध गरिएको आदेश जारी गरेका हुन् ।

यो निषेधाज्ञा दुई महिनाका लागि जारी गरिएको छ ।

 

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *