राजनीति

कांग्रेस महामन्त्री गगन थापाको सर्वोच्चलाई लिखित जवाफ : स्वस्थ आलोचना न्यायिक जवाफदेहिताको एक हिस्सा

काठमाडौं — अदालतको अवहेलना मुद्दामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सर्वोच्च अदालतमा बुधबार लिखित जवाफ पेस गरेका छन्। थापाको तर्फबाट अधिवक्ता अमृतकुमार केसीले उक्त जवाफ बुझाएका हुन्।

थापामाथि संवैधानिक नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ढिलाइ गरेको भन्ने टिप्पणीपछि अवहेलनाको मुद्दा परेको थियो। अधिवक्ताहरू विशाल थापा, अनन्तराज लुइँटेल र प्रतिभा उप्रेतीले यस विषयमा उजुरी दर्ता गरेका थिए।

लिखित जवाफमा थापाले अभिव्यक्ति स्वतन्त्रताको समर्थन गर्दै आफूले व्यक्त गरेका विचार संविधान अनुरूप न्यायिक जवाफदेहिताको पक्षमा रहेको बताएका छन्। उनले आफ्नो अभिव्यक्तिले अदालतको आदेश वा न्याय सम्पादनमा अवरोध नगरेको प्रष्ट पारेका छन्। थापाले ‘पब्लिक इन्ट्रेस्ट’ मा आधारित असल नियतले गरिएको टिप्पणी अदालतको अवहेलनामा नपर्ने दाबी गर्दै, आफूमाथि दायर मुद्दा खारेज गरिनुपर्ने माग गरेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *