देश

टेरामक्स प्रकरण: सांसद मोहनबहादुर बस्नेत निलम्बित, निलम्बनमा पर्ने सांसदको सङ्ख्या तीन पुग्यो

काठमाडौं। टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा सत्ता साझेदार नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै प्रतिनिधिसभामा निलम्बनमा पर्ने सांसदको सङ्ख्या तीन पुगेको छ। यसबाहेक एक जना सांसद फरार रहेकी छिन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिन्धुपाल्चोक–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सांसद तथा पूर्वमन्त्री बस्नेतसहित १६ जना र २ कम्पनीविरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो कायम गरी बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। यससँगै बस्नेत सांसद पदबाट स्वतः निलम्बनमा परेका छन्।

विभिन्न फौजदारी अभियोगमा मुद्दा दायर भएपछि यसअघि नै एमाले सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका रवि लामिछाने निलम्बनमा छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत भने फरार छिन्।

रायमाझी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने अपराध अभियोगमा २ वर्षदेखि निलम्बनमा छन्। रास्वपा सभापति तथा सांसद लामिछाने सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि निलम्बनमा परेका हुन्। सहकारी ठगी आरोपमा राप्रपाकी गीता बस्नेत फरार छिन्।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *