
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रस्तुत गरिने सम्भावित कार्यसूचीबारे छलफल गर्न सभामुख देवराज घिमिरेको नेतृत्वमा कानूनमन्त्री अजय कुमार चौरासिया र विभिन्न दलका प्रमुख सचेतकहरूको विशेष बैठक बसिरहेको छ।
संसद भवन बानेश्वरस्थित ल्होत्से हलमा जारी बैठकमा प्रमुख सचेतकहरूसँग आगामी छलफलका विषयमा स्पष्ट योजना बनाउन विचार विमर्श भइरहेको सभामुखको सचिवालयले जनाएको छ। विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आजको बैठकमा छलफल हुने कार्यसूची तय भएको छ।
प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने तयारी छ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा निर्धारित छ। बैठकमा सरकारले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२र८३ का प्राथमिकता र विनियोजनका सिद्धान्तमाथि व्यापक छलफल हुने अपेक्षा गरिएको छ। यस छलफलले आजको संसद् बैठकलाई प्रभावकारी बनाउने र एजाण्डा प्रभावकारी रूपमा प्रस्तुत गर्न मार्गनिर्देशन प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।
भुमिका