देश

अनधिकृत संरचना हटाउन महानगरको अल्टिमेटम

काठमाडौं ।  जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्मको सडक सीमाभित्र रहेका अनधिकृत संरचना हटाउन काठमाडौँ महानगरपालिका र सडक विभागले ३५ दिनको अल्टिमेटम दिएको छ।

सोमबार संयुक्त रूपमा जारी गरिएको सूचनामा अरनिको राजमार्गअन्तर्गत पर्ने जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको केन्द्र रेखाबाट दायाँ र बायाँ १५-१५ मिटर क्षेत्र सडकका लागि निर्धारण गरिएको उल्लेख गरिएको छ। सो क्षेत्रमा वैशाख १० गते सम्बन्धित निकायले सीमाङ्कन गरी चिनो लगाएको र किला गाडिएको सूचनामा जनाइएको छ।

सार्वजनिक सडक ऐन २०३१ को दफा १९ विपरीत निर्माण गरिएका ती अनधिकृत संरचना तोकिएको ३५ दिनभित्र सम्बन्धित व्यक्ति वा संस्थाले आफैँ भत्काउनुपर्ने महानगरको आग्रह छ। समयसीमाभित्र नहटाएमा सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४, र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्डअनुसार कारबाही गरिने सूचनामा चेतावनी दिइएको छ। सडकको संरक्षण र व्यवस्थापनका लागि अनधिकृत संरचना हटाउन अनिवार्य रहेको बताउँदै महानगरले अवरोध नगर्न सबैलाई आग्रह गरेको छ।

suchana

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *