काठमाडौं । शिक्षकहरूको आन्दोलनलाई लिएर नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा सक्रिय भएका छन्। मंगलबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा उनीहरूले शिक्षक महासंघका पदाधिकारी र आन्दोलनका अगुवाहरूसँग संवाद गरेका हुन्।
छलफलमा शिक्षकहरूका माग र आन्दोलनको कारणबारे विस्तृत छलफल भएको बताइएको छ। कांग्रेस नेताहरूले सरकारसँग भएको अघिल्लो सहमति कार्यान्वयन गराउन दबाब दिने पहल थाल्ने बताएका छन्।
गत चैत २० देखि शिक्षकहरू काठमाडौंमा आन्दोलनरत छन्। उनीहरूले आफ्नो अधिकार र सरकारसँग भएको सहमति कार्यान्वयन गराउन निर्णायक दबाब दिने उद्देश्यले निरन्तर आन्दोलन गरिरहेका छन्। यसअघि पनि कांग्रेस नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै शिक्षकहरूको माग सम्बोधन गर्न आग्रह गरेका थिए।




