राजनीति

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । सत्ताको प्रमुख साझेदार दल नेपाली कांग्रेस संसदीय दलको बैठक बोलाएको छ । संसद्को हिउँदे अधिवेशन आह्वान गरिएका बेला कांग्रेसले माघ १३ गते दिउँसो २ बजे बस्ने गरी बैठक बोलाएको हो ।

संसद भवन बानेश्वरको ल्होत्से हलमा बस्ने बैठकमा संसद्को हिउँदे अधिवेशनमा कसरी अघि बढ्ने भन्ने विषयमा मुख्य छलफल हुने बताइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *