देश

संसद्को अन्तर्राष्ट्रिय समितिमा बीआरआईबारे छलफल –बीआरआईमा लोन भन्ने शब्दै उल्लेख गरिएको छैन् : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री डा.आरजु राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् । सोमबार संसद्को अन्तर्राष्ट्रिय समितिमा बीआरआईबारे गरिएको छलफलमा परराष्ट्रमन्त्री डा. देउवाले यस्तो बताएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अमेरिका भ्रमणबारे गरिएको छलफलमा सांसदहरूले बीआरआईबारे चासो देखाएपछि मन्त्री राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको उल्लेख गर्दै बीआरआई देशको हितमा रहेको बताइन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री राणाले बीआरआईमा हस्ताक्षर गर्दा राम्रोसँग अध्ययन गरेर हस्ताक्षर गरिएको बताएकी छिन् । पोखरा विमानस्थल बीआरआई अन्र्तगत भएको या नभएको भन्दै प्रश्न उठाएपछि परराष्टमन्त्री राणाले पोखरा विमानस्थल बीआरआईमा हस्ताक्षर गर्नुभन्दा अगाडि नै अघि बढेको जवाफ दिएकी छिन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *