काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले सत्ता बारम्बार फेरबदल र राजनीति अराजकता बढेपछि देशको समग्र विकास र राजनीति स्थायित्वका लागि सकार गठन भएको बताएका छन् । महामन्त्री थापाले शुक्रवार काठमाडौँमा कैलाश कोइरालाद्वारा लिखित शास्त्र उपन्यासको विमोचन समारोहपछि सञ्चारकर्मीसँग यस्तो बताएका हुन् । सत्ता प्रतिपक्ष दलहरूले सरकार परिवर्तन हुने भनेर फैलाएको हल्ला गलत भएको भन्दै भन्दै नेपाली काँग्रेस र नेकपा एमालेको नेतृत्वमा बनेको सरकारको आयु लामो भएको समेत बताए ।सरकारले अपेक्षा राखेका काम गर्न सरकार लागि परेको उल्लेख गर्दै महामन्त्री थापाले सरकार देखिएका समस्या समाधान गरेर अझ थप सशक्त भएर अघि बढ्नुपर्ने बताए ।
यस्तैमहामन्त्री थापाले आगामी २०८२ मा हुने महाधिवेशन र २०८४ मा हुने निर्वाचनमा मात्रै केन्द्रित भएको समेत बताए । उनका अनुसार काङ्ग्रेसभित्र अहिले एक किसिमको महाधिवेशनबाट सभापतिमा को निर्वाचित हुन्छ भन्ने विषयले प्राथमिकता पाउँदै आएको छ । महामन्त्री थापाले सहकारी ठगीका विषयमा पक्राउ परेका रवि लामिछानेमाथि अहिले अनुसन्धानमा भएको विषयमा बोल्न नमिल्ने बताएका छन् । महामन्त्री थापाले अदालतमा मुद्दा अदालतमा प्रवेश गरेकाले अदालतको मानहानि हुने कुनै टिका टिप्पणी गर्न नमिले उल्लेख गरे ।
अघिल्लो सरकारले गर्न नसकेको सहकारीमाथि अनुसन्धान कांग्रेस र एमाले गठित प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अगाडी बढाएर मुद्धा अदालतमा पेश गर्ने अन्तिम तयारी गरिसकेको छ । सहकारी ठगी प्रकरणका आरोपित लामिछाने र पूर्व डिआइजी छविलाल जोशीसहितका अभियुक्तविरुद्ध आइतबार मुद्धा अदालतमा दायर हुनेछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दायर भएको छ । सहकारी ठगीमा उजुरी परेको १९ जनाविरुद्ध थप दाबी लिएर मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिइन् ।
सहकारीको सम्पत्ति गोर्खा मिडियामा ल्याएर संगठित अपराध गरेको भन्दै पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्वडीआईजी तथा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष छविलाल जोशीविरुद्ध अनुसन्धान गरेर प्रहरीले जिल्ला सरकारी वकिलमा प्रतिवेदन बुझाइसकेको छ । जोशीलाई असोज ६ गते प्रहरीले पक्राउ गरेका आधारमा तोकिएको हदम्यादको ८९ दिन भइसकेहको छ । अन्तिम दिन बिदाको दिन पर्दा त्यसपछि कार्यालय खुल्ने दिनलाई अन्तिम मिति मानिने हुँदा आइतबार ९० दिनको हदम्याद सकिने भएकाले सपत्ति शुद्धीकरण र संगठित अपराधमा पनि आइतबार नै मुद्दा दायर हुनेछ ।




