देश

हत्या र वेपत्ता पारिएका छोरा र छोरीमाथि सरकारसमक्ष न्याय माग गर्दा पीडित परिवारलाई वडाध्यक्षको ज्यान मार्ने धम्की

काठमाडौं । हत्या र वेपत्ता पारिएका छोरा र छोरीमाथि सरकारसमक्ष न्याय माग गर्दा पीडितकी आमामाथि प्रहरीको नियन्त्रणमा रहेका वडाध्यक्षको धम्की धम्कि दिएका छन् । तीन वर्षअघि छोरीको हत्या र छोरा बेपत्ता पार्नेहरूमाथि कारबाही माग गर्दा आफूमाथि नै धम्की आउन थालेको भन्दै पीडितकी आमाले सहयोगको याचना गरेकी छिन् ।

तीन वर्षअघि (१७ साउन २०७९ं) मा डाक्नेश्वरी नगरपालिका–१ मा बस्ने माचन्द्रदेवी साहकी १९ वर्षीया छोरी सन्तोषीको हत्या भएको र १७ वर्षीय छोरा आशिषलाई बेपत्ता पारिएको थियो । सोही घटनामा गत मंशिर २१ गते नवनिर्वाचित वडाध्यक्ष धिरेन्द्र कुमार साह पक्राउ परेका थिए । १६ मंसिरको उपनिर्वाचनबाट निर्वाचित साहलाई शपथ ग्रहण समारोहबाटै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

सप्तरीका प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले वडाध्यक्ष साहमाथि अपहरण तथा शरीरबन्धक, जबरजस्तीकरणी, कर्तव्य ज्यान लगायतका मुद्दामा अनुसन्धान भइरहेको बताएका छन् । यसैबीच छोरी गुमाएकी र छोरा बेपत्ता भएकी आमाले दोषीमाथि कारबाही माग गर्दै ज्यान मार्ने धम्की आउन थालेको हो । त्यसपछि बिहीबार राजविराज पुगेर उनले सुरक्षित बस्ने वातावरण मिलाउन सञ्चारकर्मीलाई भेटेर याचना गरेका हुन् ।

‘पक्राउ परेका साह र अन्य फरार प्रतिवादीका आफन्तबाट दिनहुँजसो मुद्दा फिर्ता नलिए ज्यानै लिनेसम्मका धम्की आउन थालेको पीडित आमा चन्द्रदेवीले बताएकी छिन् । प्रतिवादी आफन्तहरू खेतमा, बजारमा र घरमा जहाँ पनि पुगेर मुद्दा फिर्ता नलिए तेरो अवस्था पनि छोराछोरीको जस्तै पारिदिन्छु भन्दै धम्क्याउन थालेका उनको भनाइ छ ।

चन्द्रदेवीले आफूलाई आएको धम्कीबारे प्रहरी जानकारी गराइसकेकी छिन् । पीडिले न्याय नपाए गाउँ छोड्न बाध्य हुने समेत बताएकी छन् । प्रहरीका अनुसार उक्त घटनाका अन्य आरोपीहरूको खोजी कार्य भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *