देश

कीर्तिपुर नगरपालिकाको मेयरमा काँग्रेसका कृष्णमान डंगोल विजयी

काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ ।

आइतबार भएको उपनिर्वाचनको मतगणनाको अन्तिम मत परिणामअनुसार काँग्रेसका कृष्ण मान डंगोल निर्वाचित भएका हुन् ।

अन्तिम मत परिणामअनुसार काँग्रेसका डंगोल ५ हजार ३३४ मतसहित विजयी बनेका हुन् । त्यस्तै, माओवादी केन्द्रका शिवशरण महर्जनले ४ हजार ५५५ मत पाउँदा नेकपा एमालेका सुरेन्द्र मानन्धरले ४ हजार ३३७ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *