काठमाडौं । सूर्यदर्शनसहित विभिन्न पाँच सहकारीको ६५ करोड ५४ लाख रुपैँया रकम गोर्खा मिडिया नेटर्वकमार्फत गरेको हिनामिना प्रकरणमा कार्तिक २ गते पक्राउ परेका पुर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने थप ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।
बिहीबार कास्की जिल्ला अदालतले रास्वपाका सभापति लामिछानेलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । यसअघि रवि लामिछानेमाथि अनुसन्धानका लागि दिएको ६ दिनको समय सकिएपछि बिहीबार अदालतले पुनः ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न आदेश दिएको हो । रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत रुपन्देहीले बिहीबार लामिछानेविरुद्ध प्रहरीलाई पक्राउ अनुमति दिएको हो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्नका लागि लामिछानेसहित १२ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला अदालत रुपन्देहीले जनाएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन् ।
रविलाई पक्राउ गरेपछि विधीको शासन मान्ने भन्ने रास्वपाका नेता तथा कार्यकर्ताहरु अनुसन्धानलाई प्रभावित पार्न अदालतको आदेश विपरित विभिन्न किसिमका सरकारविरोध नाराजुलुस निकाले गैरजिम्मेवारीको नाटक मञ्चन गरिरहेका छन् । देशमा देखा परेको सहकारीको प्रमुख समस्या समाधानका लागि सरकारले आरोपिमाथि अनुसन्धान जारी राखेका बेला रास्वापाले अराजक गतिविधि गरिरहेको छ । सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेपछि केही दिनअघि रविका दाई हरिशरण लामिछानेले सहकारी प्रकरणमा रविले कमिकम्जोरी गरेकाले र पार्टीको नीति पूर्ण रुपमा ढुक्क हुने नबनाएकाले रविले कर्मको फल भोग्दै आएको बताएका छन् ।
यस्तै सोही प्रकरणमा असोज ६ गते प्रक्राउ परेका पूर्वडीआईजी तथा रविकै तत्कालीन साझेदार छविलाल जोशी र असोज १२ गते पक्राउ परेकी लिला पछाईंलाई पनि थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । अहिलेसम्म जोशीले आफुलाई पक्राउ गरेको विषयमा अनुसन्धानलाई सहयोग गर्ने तर सरकारको प्रतिरोध नगर्ने बताउदैँ आएका छन् । पक्राउ परेका जोशीले रवि उक्त संस्थाको प्रबन्ध निर्देशक भएकाले उनको तर्फबाट रकम हिनामिना भएको बताउँदै आएका छन् । लामिछाने र जोशीविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बनधी कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।
पछाईंमाथि सूर्यदर्शनका अध्यक्ष तथा बचत हिनामिनाका मुख्य अभियुक्त गीतेन्द्रबाबु राईसँग मिलेर ३ करोडभन्दा बढी रकम आफ्नो खातामा सारेको अभियोग लागेको छ ।
सूर्यदर्शनका अध्यक्ष जीबी राईलाई अहिले सम्म प्रहरीले पक्राउ गर्न सकेको छैन् । अहिले जीबी राई मलेसियाबाट नेपाल आइसकेको र प्रहरीले पक्राउ नगरेको हल्ला समेत चल्न थालेको छ । सहकारी ठगी प्रकरणका मुख्य नाइकेका रुपमा रहेका राईलाई सरकारले पक्राउ गर्न सकेपछि मात्र देशभरीको सहकारी पीडितको रकम फिर्ता गर्न सकिन्छ ।
जीबी राईलाई सरकारले पक्राउ गर्ने विषयमा थप तिव्र रुपमा प्रहरी परिचालनमा गर्न आवश्यक छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा फसेको देशभरीका सहकारी पीडितको रकम फिर्ता गरेर दोषीलाई कानुन अनुसार कारबाही गर्ने बताएका छन् । तर सरकारले जीबी राई तत्काल पक्राउ गरि अनुसन्धान नगरे सहकारी पीडितहरुको रकम फिर्ता गर्न सरकार असक्षम हुनेछ ।




