राजनीति

राजनीतिक दललाई एक ढिक्का बनाउन कांग्रेस सभापति देउवाको प्रमुख भूमिका

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक दल विभाजन गर्दा राजनीतिक दलहरुको भविष्य संकटमा पर्ने अवस्था देखेपछि राजनीतिक दलहरुलाई थप शसक्त बनाउन आवश्यक रहेकाले दल विभाजनको विषयमा असहमति जनाएका छन् ।

सभापति देउवाले विभिन्न कारणसहित उक्त विषयमा असहमति जनाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्न खोजेको दल विभाजन सम्बन्धी अध्यादेश रोकिएको छ । सभापति देउवाले देशको वर्तमान समसामयिक घटनात्रलम र निर्वाचनको परिणाम लगाएत आगामी निर्वाचन प्रणालीको विषयलाई विश्लेषण गरेर राजनैतिक दल विभाजन गर्न नहुने निष्कर्ष निकालेका हुन् ।

कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसकेको हुँदा एक भन्दा बढी पार्टीसंग गठबन्धन गरेर सरकार गठन गर्नुपर्ने बाध्यता सिर्जना भएको विश्लेषण गर्दै आगामी निर्वाचनमा एकल बहुमत ल्याएर विजय हासिल गर्ने सक्ने वातावरण सिर्जना गर्न पार्टीहरु एक जुट हुनुपर्ने र पार्टीभित्र देखिएका आन्तरिकत तथा बाह्य द्वन्द्ध समाधान गरेर देशमा सुशासन कायम गर्ने बाटोमा राजनीतिक दलहरु लाग्नुपर्ने सभापति देउवाको निष्कर्ष रहेको छ ।

सभापति शेरबहादुर देउवाले मुख्य रुपमा दुई कारण देखाएर राजनैतिक दलसम्बन्धि दल विभाजन गर्न नहुने भन्दै अध्यादेश जारी गर्न उचित नुहने प्रष्ट पारेका छन् । सभापति देउवाले दल विभाजन गर्दा प्रतिपक्ष दलमा बाधा पर्ने र दल विभाजन पश्चात देशमा अस्थिर राजनीति पैदा हुने भन्दै दल विभाजन गर्न उचित नभएको निष्कर्ष निकालेका हुन् । कांग्रेस नेता डा. शेखर कोइरालालाई समेत चिढ्याएर जान नहुने कारण समेत सभापति देउवाले औल्याएका छन् ।राजनीतिक दलहरू विभाजन गर्नका लागि अध्यादेश ल्याउन नहुने धारणा डा. कोइरालाले सार्वजनिक गरिसकेका छन्।

आइतबार साँझ राजनीतिक दल विभाजनका लागि सहज हुने गरी अध्यादेश ल्याउने सम्बन्धमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच लामो कुराकानी भएको थियो। अध्यादेश जारी गर्ने सम्बन्धमा देउवाले सहमति दिए आज मन्त्रिपरिषद् बैठक राखेरत्यसलाई अघि बढाउने प्रधानमन्त्री ओलीको तयारी थियो। तर सभापति देउवाले राजनैतिक दल विभाजनका लागि अध्यादेश ल्याउन नहुने बताएपछि सोमबारका लागि बोलाएको मन्त्रिपरिषद बैठक स्थगित भएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *