रिबन

इराकी लडाकू समूह इजरायल र अमेरिकाविरुद्ध लड्न तयार भएकै हो ?

काठमाडौं । गाजा युद्ध लेबनानमा फैलिने खतरा बढ्दै जाँदा इराकी लडाकू समूहले इजरायल र अमेरिकाविरुद्ध लडाइँ गर्न तयार रहेको जनाएको छ ।

इराकमा इस्लामिक प्रतिरोधका एक फिल्ड कमान्डरले लेबनानमा युद्ध बढ्ने सम्भावना रहेकोप्रति संकेत गर्दै यस्तो बताएका हुन् । एएफपीसँग कुरा गर्दै ती कमान्डरले इरान समर्थित समूहले लेबनानमा विशेषज्ञ र सल्लाहकार पठाएको उल्लेख गरे ।

यसैबीच इराकी राजनीतिक वैज्ञानिक अली अल–बैदारले यदि इजरायल र लेबनानको हिजबुल्लाह लडाकू समूहबीच ठूलो युद्ध भयो भने द्वन्द्व लेबनानको क्षेत्रमा मात्र सीमित नहुने चेतावनी दिएका छन् ।

‘इराक र यसका सशस्त्र समूहहरू द्वन्द्वमा प्रवेश गर्नेछन् । उनीहरू आफ्ना सहयोगीहरूप्रति क्षमतामात्र नभई आफ्नो वफादारी पनि देखाउन चाहन्छन्,’ उनले भने, ‘प्यालेस्टिनीसँग एकता व्यक्त गर्ने र गाजामा इजरायली आक्रमणको अन्त्यको माग गर्दै धेरै इरान समर्थक सशस्त्र समूहलाई संलग्न गराउन द्वन्द्व चाँडै फराकिलो भयो ।

गठबन्धनमा लेबनानको हेजबुल्लाह र यमनको हुथी विद्रोही समावेश छन् ।  हालैका हप्ताहरूमा इराकमा इस्लामिक प्रतिरोधले हुथीहरूसँगको सहकार्यमा इजरायलविरुद्ध ड्रोन हमलाको जिम्मेवारी लिएको छ ।

इजरायली सेनाले आक्रमणकारीको नाम उल्लेख नगरी अप्रिलदेखि पूर्वबाट थुप्रै हवाई आक्रमण भएको तर ती सबैलाई हवाई क्षेत्रमा प्रवेश गर्नुअघि नै रोकिएको पुष्टि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *