काठमाडौं । न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।जसमा २६ जना जिल्ला न्यायाधीश, नौजना कानुन व्यवसायी र चारजना कर्मचारीतर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।
नियुक्ति भएकामा राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरु, खगकबहादुर केसी, सूर्यनाथप्रसाद अधिकारी, कैलाशप्रसाद सुवेदी, मातृकाप्रसाद मरासेनी, ओमप्रसाद अर्याल, भरत लम्साल, कृपासुर कार्की, हेमन्त रावललगायत छन् ।
परिषद्ले उच्च अदालतका १६ न्यायाधीशलाई सरुवा गरेको छ । सरुवा हुने न्यायाधीशमा कृष्ण गिरी, टेकनारायण कुँवर, वामदेव ज्ञवाली, खुसीप्रसाद थारु, तेजनारायणसिंह राई, शकुन्तला घिमिरे, जगतबहादुर थापा, सरलाकुमारी पाण्डे, अञ्जु उप्रेती ढकाल, गीताप्रसाद तिम्सिना, राजुराम सिलवाल, मिना सेढाई गौतम, रेखा थापा पाण्डे, सागर विष्ट र गणेश ठाकुर छन् ।




