खेलकुद

क्यानको निर्णय : राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको छ।

सोमबार बसेको क्यानको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको सचिव पारस खड्काले जानकारी दिए। सचिव खड्काका अनुसार आईसीसी टी–२० विश्वकप फाइनलमा एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सन् २०२४ मा वेष्ट इन्डिज र अमेरिकामा सञ्चालन हुने विश्वकपमा छनोट भएको टोलीलाई सो नगदसहित सम्मान गर्ने निर्णय भएको हो।

आगामी जनवरीमा सञ्चालन हुने यू–१९ एसिया कपमा छनोट भएको यू–१९ राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरुलाई जनही ५० हजारका दरले नगद पुरस्कार उपलब्ध गराउने निर्णय समेत भएको क्यानले जनाएको छ । आईसीसी टी–२० विश्वकप फाइनलमा एसिया क्षेत्र छनोट अन्तर्गतको फाइनल खेलमा ब्रिकी भएको टिकटबाट संकलित रकमको ५० प्रतिशत रकम जाजरकोट भूकम्प पीडितका लागि सहयोग उपलब्ध गराउने निर्णय पनि भएको क्यानले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *