काठमाडौँ । नेपालले चीनमा जारी १९औं एशियन गेम्स अन्तर्गत क्रिकेटको क्वाटरफाइलमा भारतसँग खेल्ने भएको छ ।
सोमबार लक्की ड्र बाट नेपालले क्वाटरफाइनलमा भारत प्रतिद्वन्दी पाएको हो ।
नेपालले समूह चरणमा माल्दिभ्सलाई १३८ र मंगोलियालाई रेकर्ड २७३ रनले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको हो ।
अब नेपाल र भारतबीचको खेल मंगलबार विहान नेपाली समय अनुसार ६; ४५ बजेदेखि शुरु हुने छ ।
अफगानिस्तान, नेपाल, हङकङ र मलेसिया समूह चरणबाट क्वाटरफाइनलमा पुगेका थिए । अफगानिस्तान भने नखेली गएको हो । क्वाटरफाइनलमा भारत, श्रीलंका, बंगलादेश र श्रीलंकाले सोझै स्थान पाएका थिए ।
त्यस्तै क्वाटरफाइनलमा पाकिस्तान र हङकङ खेल्ने भएका छन् भने श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसिया खेल्ने भएका छन् ।




