खेलकुद

कप्तान रोहित, ५ रनमा आउट, नेपालले तेस्रो विकेट गुमायो

काठमाडौँ । नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल ५ रन बनाएर आउट भएका छन् । पौडेललाई रविन्द्र जडेजाले आउट गरेका हुन् ।

नेपालले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनाएको छ ।

भारतका जडेजाले २ र शार्दुल ठाकुरले एक विकेट लिएका छन् । यसअघि भीम सार्की ७ र कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । नेपालले पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेको थियो ।

अहिले आसिफ सेख ३६ रन बनाएर खेलिरहेका छन् भने उनलाई साथ दिन कुशल मल्ल क्रिजमा आएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *