खेलकुद

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता,वेस्टइण्डिजका ब्राण्डन किंग आउट

काठमाडौँ । नेपालले वेस्टइन्डिजविरुद्ध तेस्रो सफलता हासिल गरेको छ ।

आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजले १६औं ओभरमा तेस्रो विकेट गुमाएको हो ।

नेपाली बलर सन्दीप लामिछानेले वेस्टइण्डिजका ब्राण्डन किंगलाई आउट गरेका हुन् । ब्राण्डन ३२ रन बनाएर आउट भएका हुन् । सन्दीपले क्वालिफायरको तेस्रो खेलमा लिएको यो पहिलो विकेट हो । यस अघि खेलेका दुई खेलमा सन्दीप विकेटविहिन बनेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *