खेलकुद

ओमानविरुद्ध कुशल मल्लको शतक

काठमाडौँ । एसीसी प्रिमियर कपमा नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा ब्याट्सम्यान कुशल मल्लले आफ्नो शतक पुरा गरेका छन् । कुशलले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पुरा गरेका हुन् । उनको यो पहिलो एकदिवसीय शतक हो ।

कुशल नेपालका लागि एकदिवसीय शतक बनाउने छैटौं खेलाडी बनेका छन् ।

नेपालका लागि यसअघि पारस खड्का, आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्र सिंह ऐरी र रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाएका छन् ।

अहिले कुशल १०१ रन बनाएर खेलिरहेका छन् भने उनलाई सोमपाल कामीले ९ रन बनाएर साथ दिइरहेका छन् ।

यसअघि ब्याट्सम्यान आरिफ शेख २९, दिपेन्द्र सिंह ऐरी ७, भीम सार्की ३३ र कप्तान रोहित पौडेल २३ रन बनाएर आउट भएका थिए भने दुवै ओपनर कुशल भुर्तेल र आसिफ शेख शुन्यमा आउट भएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *