खेलकुद

एसीसी प्रिमियर कप आजदेखि, नेपालले मलेसियाको सामना गर्दै

काठमाडौँ । आजदेखि एसीसी प्रिमियर कप काठमाडौँमा शुरु हुदै छ । आज पहिलो दिन दुई खेल हुदै छन् ।

विहान साढे ९ बजेदेखि हुने खेलमा पहिलो खेल नेपाल र मलेसियावीच टियु क्रिकेट मैदानमा हुने छ भने अर्को खेल सोहि समयमा हङकङ र सिंगापुरबीच मुलपानी क्रिकेट मैदानमा हुदै छ ।

नेपाल र मलेसियाबीच भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित रहेको छ ।

कुल १० टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समुह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।

लिग चरणको समाप्तिमा प्रत्येक समूहको शीर्ष दुई स्थानका टिमले सेमिफाइनलको यात्रा तय गर्नेछ ।

यस प्रतियोगिताका विजेता टिम एसिया कपका लागि छनोट हुनेछ । यस्तै शीर्ष तीन स्थानमा रहने टिम एसिया इमर्जिङपका लागि छनोट हुने एसीसीले जनाएको छ ।

एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय खेलाडी घोषणा गरिएको छ भने चार खेलाडीलाई रिजर्भमा राखिएको छ ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको नेपाली टिममा कुशल भुर्तेल, आसिफ सेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ सेख, सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी र ललित राजबंशी ।

त्यस्तै रिजर्भमा रहेका खेलाडीहरुमा अर्जुन साउद, सन्दीप जोरा, सुर्य तामाङ र किशोर महतो रहेका छन् ।

ओएसआर स्पोर्ट्सले युट्युबमा प्रत्यक्ष प्रशारण गर्ने

ओएसआर स्पोर्ट्स एसीसी पुरुष प्रिमियर कपको डिजिटल स्ट्रीमिङ पार्टनर बनेको छ । बैशाख ५ गतेदेखि काठमाडौँमा हुने एसीसी प्रिमियर कपको प्रत्यक्ष प्रशारण ओएसआर स्पोर्ट्स (OSR Sports) को युट्युब च्यानलमा हेर्न पाइने भएको हो ।

एशियन क्रिकेट काउन्सिलले ओआरसी स्पोर्ट्स एसीसी प्रिमियर कपको डिजिटल स्ट्रीमिङ पार्टनर भएको जानकारी दिएको छ ।

टिकट मूल्य बढाइयो !

एसिसी प्रिमियर कपको टिकट मूल्य बढाइएको छ । नेपाल क्रिकेट संघ (क्यान) मुलपानी क्रिकेट मैदानमा हुने सबै खेल नि: शुल्क गरिएको छ भने टियु क्रिकेट मैदानमा हुने खेलका टिकट मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

क्यानले टियुको टिकट मूल्य २ सय राखिएको भएपनि माइ पेबाट टिकट खरिद गरेमा १५० मा पाइने बताएको छ ।

यसअघि क्यानले आइसिसी विश्वकप लिग-२ मा क्यानले टिकट मूल्य १५० रुपैयाँ राखेको थियो । तर अहिले क्यानले ५० रुपैयाँ बढाएर २०० तोकेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *