समाचार

पार्टीका पक्षमा नबोलेकाले भुसाल र रावलले टिकट नपाएको ओलीको दाबी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावल र घनश्याम भूसालले टिकट नपाउनु स्वभाविक भएको दाबी गरेका छन् ।

ललितपुरमा भएको कार्यक्रममा अध्यक्ष ओलीले रावल र भुसालको नाम नलिई पार्टीभित्र पर्याप्त अवसर पाएको र पार्टीको पक्षमा एक शब्द नबोलेकाले टिकट नदिएको बताए ।

अध्यक्ष २०४८ सालदेखि निरन्तर पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरुले अरुलाई पनि पालो दिनुपर्ने भएकाले भुसाल र रावलहरुलाई टिकट नदिएको दाबी गरे ।

उनले पार्टीका पक्षमा एक शब्द नबोल्नेले तमासा देखाइरहेको आरोप समेत लगाए । उनले भने,‘पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरु अरु ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वभाविक हो नि । पालो गर्नु पर्दैन ?’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *