ताजा समाचार

बालुवाटारमा सत्ता गठबन्धनकाे बैठक जारी

काठमाडौँ । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जानकारी दिएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि गठबन्धनको बैठकमा सहभागी हुन प्रचण्ड पुगेका हुन् । सत्ता गठबन्धनको सिट बाँडफाँट गर्न बनेको कार्यदलको बैठकले संयोजकको जिम्मेवारी कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

कार्यदलले दिएको सुझावको आधारमा निणर्य लिने नेताहरुले बताएका छन् । आजै निर्वाचन आयोगमा दल दर्ताका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दलहरु जाँदैछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *