रिबन

फास्ट ट्रयाक ३ वर्षमा सक्ने, ३० अर्ब ७ करोड रकम विनियोजन

काठमाडौं । सरकारले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षभित्रमा सक्ने लक्ष्य लिएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले तराई मधेश–काठमाडौं द्रूतमार्ग (फास्ट ट्रयाक) तीन वर्षमा सक्ने लक्ष्य लिएको जानकारी दिएका हुन् । 

यसका लागि ३० अर्ब ७ करोड रकम विनियोजन गरेको उनले जानकारी दिए । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *