स्थानीय तह निर्वाचन-२०७९

६८५ पालिकाको मत परिणाम : कांग्रेस ३०४, एमाले १८६ र माओवादी केन्द्र ११७ वटामा विजयी

काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । अहिलेसम्म ६८५ पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २३९ नगरपालिका र ४४६ गाउँपालिका गरी ६८५ पालिकाको मतपरिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस
नेपाली कांग्रेसले मेयर १२० र अध्यक्षमा १८४ गरी ३०४ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९२ र उपाध्यक्ष १८७ गरी २७९ ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले
नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १२० गरी १८६ पालिकामा जितेको छ । एमालेले उपमेयर ८८ र उपाध्यक्ष १२१ गरी २०९ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्र
माओवादी केन्द्रले मेयर २१ र अध्यक्ष ९६ गरी ११७ पालिकामा प्रमुख तथा उपमेयर ३० र उपाध्यक्ष ९३ गरी १२३ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।
स्वतन्त्र र अरु दल
एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५० वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *