काठमाण्डौं । नेकपा एमालेले तनहुमा स्वतन्त्र उम्मेदवार वनेका नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीका छोरासंग सहकार्य गर्ने भएको छ । जोशीलाइ पार्टीले कारवाही गरेपछि उनले ब्यास नगरपालिकाको मेयरमा छोरा दीपक जोशीलाइ उठाउने तय गरेका छन । तर कांग्रेसले भने यसवारेमा केहीवोलेको छैन । तर,कांग्रेसबाट वागी उठेका जोशीपुत्रलाइ भने एमालेले सघाउने नीति लिएको छ । कांग्रेस भित्र भ्रष्टाचारी भनेर नाम लिदा गोविन्दराज जोशीको नाम लिएर नथाक्ने एमालेले चुनावमा भने तिनै जोशीलाइ भोट दिने नीति लिनुले एमालेको दोधारे नीति स्पष्ट भएको छ । जोशी उठन लागेको स्थान कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको क्षेत्र हो । उनीहरुविच राम्रो सम्वन्ध छैन ।




