काठमाण्डाै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्लाहीमा एक सय एक किलोको मालाले स्वागत गरेका छन्। सर्लाहीको मलङ्गवामा आयोजित विशाल सभालाई सम्बोधन गर्न पुगेका ओलीलाइ एमाले जिल्ला कमिटी सर्लाहीले एक सय एक केजीको माला लगाएर स्वागत गरेका हुन्। कार्यक्रममा एमालेका सचिव रघुबिर महासेठ, केन्द्रीय नेता प्रभु साह, सुमन प्याकुरेल लगायतका नेताहरु सहभागी थिए। मलङ्गवामा भएको कार्यक्रममा नेकपा माओवादीका पोलिट ब्युरो सदस्य केसव ढुंगाना र राजपा पार्टीबाट निर्वाचित कबिलासी गाउँपालिकाका प्रमुख कौशल यादवले एमाले प्रवेश गरेका छन्। यस्तै, जनता समाजवादी, माओवादी लगायतका दल त्यागेर एमाले प्रवेश गरेका छन्। मधेशवादी दल नै मधेस विरोधी रहेको एमाले अध्यक्ष अेालीकाे तर्क थियो।




