काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनकै बीचमा चुनावी तालमेल हुने बताएका छन् । नुवाकोटमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले पार्टी निर्वाचनमा होमिएको पनि बताए ।
‘गठबन्धनकै बीचमा चुनावी तालमेल गर्ने सोच छ । सबै राजनीतिक दलको ध्यान स्थानीय निर्वाचनमा केन्द्रित छ । हामी पनि स्थानीय निर्वाचनमा केन्द्रित छौँ । हामी पनि निर्वाचनमा जुटेका छौं। दुई महिने अभियानमा छौं। पार्टी विभाजित हुने हो कि भन्ने कुरा उठे। पार्टीलाई एकताबद्ध गरेर लैजान्छौं’, प्रचण्डले भने ।
एमसीसी जस्ताको त्यस्तै पारित गर्नु हुँदैन भन्ने पक्षमा पार्टी रहेको र व्याख्यात्मक घोषणा उपलब्धीका रुपमा रहेको पनि प्रचण्डले बताए ।




