रिबन

गठबन्धन दललाई चिड्याउने कुरा नगर्न कार्यकर्तालाई देउवाको निर्देशन

पर्सा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा रहेका दललाई चिड्याउने कुरा नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बिहीबार वीरगञ्जमा आयोजित कांग्रेसको कार्यक्रममा प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा गठबन्धनका दलसँग चुनावी तालमेल गर्ने संकेत गर्दै भने, ‘गठबन्धनका साथीहरूलाई वेवास्ता गर्ने कुरा छैन, सबैको सहयोगमा अगाडि जानुपर्छ ।’

उनले यसअघि एक्लै चुनावमा जाँदा अवस्थालाई समेत स्मरण गरे । ०७४ मा कांग्रेसले प्रत्यक्षतर्फ जम्मा २३ सिट जितेको थियो ।
गठबन्धन गरेर जाँदा आउँदा सरकार पनि कांग्रेसले बनाउने अवस्था आउने उनको भनाइ छ । ‘गठबन्धनका कारण अहिले प्रधानमन्त्री बनेको छु’ देउवाले भने, ‘केही समस्या देखिएपनि समाधान हुँदै जानेछ ।’

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले सहयोग गरेपछि आफू प्रधानमन्त्री बनेको देउवाको भनाइ थियो । आफू प्रधानमन्त्री बनेपछि परिस्थिति बदलिएको समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *