मुख्य समाचार

के सन्देश लिएर सभामुख समक्ष पुगे गृहमन्त्री ?

काठमाडौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक समेत रहेका खाँणले आज दिउँसो सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा पुगेर सापकोटालाई भेटेका हुन् ।

संसदको गतिरोध हटाई अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सदनबाट पारित गराउने उपायबारे खाँणले सापकोटासँग छलफल गरेको गृहमन्त्री खाँणको सचिवालयले जनाएको छ ।

खाँण सभामुखलाई भेटेर पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न पुगेका थिए । संसदमा एमसीसी छलफललाई कसरी लैजाने भन्नेबारे सहमति नहुँदा भोलिसम्मको लागि बैठक स्थगित भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *