राजनीति

आज १ वजे संसद बैठक बस्दै, एमसीसीमाथि छलफल हुने कार्यसूची  

काठमाडौं।आज बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसीमाथि छलफल हुने भएको छ । संघीय संसद सचिवालयले बुधबार सार्वजनिक गरेको आजकाे संसद बैठकका दुई सम्भावित कार्यसूची मध्ये एक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र बढुले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने र दोस्रोमा एमसीसी सम्झौताबारेको छलफल गर्ने रहेको छ । आजकाे संसद बैठक १ बजे बस्ने कार्यसूचीमा उल्लेख छ ।

कार्यसूचीको दोस्रो बुँदामा अर्थमन्त्री जनार्दन शर्माले एमसीसीमाथि छलफल गरियोस् भनी प्रस्ताव गर्ने उल्लेख गरिएको छ । 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *