
काठमाडौं । कांग्रेसको अधारभूमिका रुपमा परिचित सिरहामा यतिबेला १४ औं जिल्ला अधिवेशनको रौनक बढेको छ । निर्वाचन समितिले फागुन १५ गते १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेसँगै सिरहा जिल्लामा अधिवेशनको रौनक बढेको हो । जिल्ला नेतृत्वका आकांक्षीहरुले यतिबेला चुनावी प्रचारको अभियानलाई तिब्रता दिएसँगै नेता कार्यकर्ताको ध्यान भावी नेतृत्वतर्फ आकृष्ट भएको छ ।
पार्टी राजनीतिमा केन्द्रीय दवाव र प्रभाव राख्दै आएको सिराह जिल्लाको नेतृत्व कसले हत्याउला ? जिल्ला अधिवेशन नजिकिएसँगै धेरैको नजर त्यसतर्फ सोझिएको छ । पटक पटक केन्द्रीय नेता र केन्द्रीय पदाधिकारी उत्पादन गर्दै आएको सिराहमा कांग्रेसको कद बढाउने सभापति खोजिनु स्वभाविक हो । वर्तमानको जिल्ला नेतृत्व भविश्यको केन्द्रीय नेता र पदाधिकारी सम्मको रोडम्याप तय गर्ने पद पनि हो । त्यसैले यसमा क्षेत्रीय प्रतिनिधिहरुले सुझबुझपूर्ण निर्णयमा लिनु स्वभाविक पनि हो ।
१४ औं जिल्ला अधिवेशनमा संस्थापन पक्षका रामचन्द्र यादव र इतर पक्षका रामशुन्दर चौधरी सभापतिको प्रतिश्पर्धामा उत्रिने निश्चित जस्तै छ । रामचन्द्र यादव यादव १२ औं जिल्ला अधिवेशनमा सीतादेवी यादवसँग १२ मतले पराजित भएका थिए भने १३ औं अधिवेशनमा सभापति निर्वाचित भएका थिए । क्षेत्र नम्बर २ बाट महाधिवेशनमा निर्वाचित यादव दोश्रो कार्यकालका लागि प्रतिश्पर्धा गर्दैछन । रामचन्द्र दुई कार्यकाल पार्टीको क्षेत्रीय सभापति र एक कार्यकाल जिल्ला सभिापतिको जिम्मेवारी सम्हालेका अनुभवी,त्यागी र निष्ठावान नेता हुन ।
दुई कार्यकाल फूलकहाकट्टी गाविसको निर्वाचित अध्यक्ष भएका यादव २०७० सालको संविधानसभा निर्वाचनमा विजयी भए । संस्थापन पक्षको प्रदेश र केन्द्रीय नेतृत्वले रामचन्द्र यादवलाई सभापति पदको आधिकारीक उम्मेदवारको रुपमा घोषणा गरकाले उनी आफ्ना एजेण्डा सहित प्रचारमा होमिएका छन । उनको टिमबाट उपसभापतिमा सुनिल महतो,जगेश्वर मण्डल, सचिवमा सैलेन्द्र यादव, तर्केश्वर यादव,सहसचिवमा रामबाबु यादव र किरण बि.सी प्रतिश्पर्धामा उत्रिने निश्चित जस्तै छ ।
तीन जना केन्द्रीय सदस्य मध्ये चित्रलेखा यादव र मञ्जु खाँड खुलेर रामचन्द्र यादवको पक्षमा उभिएका छन । संस्थापन पक्षबाटै निर्वाचित केन्द्रीय सदस्य पद्मनारायण चौधरी भने मौन छन । उनी कसैप्रति खुलेका छैनन । प्रतिनिधिसभा सदस्य एवं पूर्व केन्द्रीय सदस्य प्रदिप गिरि भने चुनावी गठजोडमा लागेका छैनन ।
यादवलाई सिराहबाट मधेश प्रदेश कार्यसमितिमा निर्वाचित पदाधिकारी सहित ९ जानै सदस्यको समर्थन छ । प्रदेश महामन्त्री उपेन्द्र यादव, प्रदेश सदस्यहरु पाण्डव मण्डल, सितल यादव, सरोज यादव, गुडिया खातुन, तीलकुमारी शाह, रेखा कुमारी यादव,प्रवेश पोखरेल, विन्दा कार्की र मो अख्तर आली खुलेरै यादवको पक्षमा उभिएका छन ।
क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति महेश चौधरी, क्षेत्र नम्बर २ का सभापति विष्णुमोहन यादव र क्षेत्र नम्बर ४ का सभापति सीताराम यादव यादव पक्षीय हुन भने क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति सञ्जयप्रकाश यादव रामशुन्दर चौधरी पक्षीय हुन । प्रदेश सभा क्षेत्रीय समितिमा पनि यादव पक्षीय सभापतिहरुकै बोलवाल छ ।
जिल्ला सभापतिका आकांक्षी रामशुन्दर चौधरी क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचति भएका हुन । उनी पार्टीको पूर्व जिल्ला उपसभापति भइसकेका नेता हुन । २०५६ सालको निर्वाचनमा उनी लहान नगरपालिकाको मेयरका प्रत्यासी बनेका थिए । चैधरीकी श्रीमती उलन चौधरी लाहन नगरपलिकाको उपप्रमुख पदमा प्रत्यासी थिइन । राम शुन्दरलाई निवर्तमान उपसभापति विमलेन्द्र निधिले समर्थन गर्ने बुझिन्छ ।रामशुन्दर प्यानलबाट उपसभापतिमा गंगाराम यादव,नागेश्वर यादव, सचिवमा रामचन्द्र यादव र अरुणसिंह यादवको चर्चा छ ।
करिव जिल्ला अधिवेशनका २७ सय प्रतिनिधि छन । अहिलेकै अवस्था कायम रहदा रामचन्द्रले ६० प्रतिशत र रामशुन्दरले ४० प्रतिशत प्रतिनिधिको समर्थन पाउने बुझिन्छ । सिराहको बीच केन्द्र गोलबजारमा जिल्ला अधिवेशन गर्ने तयारी छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएको करिव अढाइ महिनापछि १६ जिल्लाको अधिवेशन हुन लागेको हो ।