राजनीति

फेरि सर्‍यो माओवादी केन्द्रीय कमिटी बैठक, यस्तो छ कारण…

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटीको बैठक फेरि स्थगित भएको छ। यसअघि पटक–पटक स्थगित गरि फागुन ८ र ९ गतेलाई बोलाइएको बैठक पनि सारिएको हो ।

माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले विशेष राजनीतिक परिस्थितिका कारण बैठक फागुन २० सम्मलाई स्थगन गरिएको जानकारी दिए ।

स्रोतकाअनुसार पदाधिकारी चयन र स्थायी समिति गठनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य पूरा नगरेकाले बैठक स्थगन भएको हो । अमेरिकी सहायता परियोजना (एमसीसी) का कारण गठबन्धन धरापमा परेपछि प्रचण्डले तयारी पूरा गर्न नपाएको बताइएको छ ।

माओवादीले केन्द्रीय समितिबाट पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन र स्थानीय तहको चुनाव केन्द्रित अभियान घोषणा गर्ने बताइएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *