रिबन

आजको संसद बैठक पनि एमालेले अवरुद्ध गर्छ ?

काठमाडौं । निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको नेकपा एमालेले आजको बैठक समेत अवरुद्ध गर्ने संकेत गरेको छ ।

संसदको बजेट अधिवेशनका सबै बैठक र चालू अधिवेशनका समेत सबै बैठक अवरुद्ध गर्दै आएको नेकपा एमालेले आजको बैठक समेत अवरुद्ध गर्ने बताएको हो । एमालेले सभामुखले बोलाएको कार्यव्यवस्था समितिको बैठकमा समेत नजाने बताएको छ । सभामुख अग्नि सापकोटाले आज बिहान १० बजेका लागि समितिको बैठक बोलाएका छन् ।

सरकारमा रहँदा एमसीसी पारित गर्नुपर्ने बताउँदै आएको एमाले सरकारबाट बाहिरिएपछि एमसीसीका बारेमा धारणा सार्वजनिक गरेको छैन । सरकारले एमसीसी सम्झौता संसदमा टेवल गर्ने तयारी गरेपनि एमालेले भने संसदको अवरोध हटाउने संकेत गरेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *