रिबन

किन भेटे डा.शेखरले प्रचण्डलाइ ?

काठमाण्डाैं । डा.शेखर काेइरालाले नेकपा माअेावादी अध्यक्ष पुष्पकमल दाहाललाइ भेटेपछि नया नया खालकाे अडकल लगाउन थालिएकाे छ। एमसिसिकाे सन्दर्भमा लेखेकाे पत्र सार्वजनिक भएर तनावमा परेका प्रचण्डले डा.काेइरालालाइ चुनावी गठवन्धनकाे प्रस्ताव गरेका छन। तर,यहि भेटमा डा.काेइरालाले चुनावी गठवन्धन गर्न नसकिने वताइदिएर प्रचण्डलाइ निराश पारेका छन।

तर,याे कुरा डा.काेइरालाले वारम्वार मिडिया मार्फत वताइरहेका छन। तर पनि उनी खुमलटार वारम्वार वाेलिसकेका कुरा वाेल्न किन गए त ? के यहि कारण हाे प्रचण्डलाइ भेटनुकाे वा खास मकसद अरू नै छ ?

राजनीति सरल रेखामा हिडदैन,याे वक्र रेखामा हिडने गर्दछ। चुनावकाे तयारीमा लागेका राजनीतिक दल यतिवेला विभिन्न खालका सम्भावनाकाे खाेजीमा छन।अझ पार्टी फुटेर छिन्न भिन्न भएकाे अवस्थामा प्रचण्ड र माधव नेपालले सरकारकाे साथ खाेज्नु र गठवन्धन जारी राख्न खाेज्नु स्वभाविक नै हाे तर प्रचण्ड र माधव नेपालकाे बलमा टिकेकाे सरकार र याे सरकार चलाइरहेकाे कांग्रेसले गठवन्धन नै टुटने गरि किन वाेलिरहेकाे छ ? अझ,यसमा डा.शेखर नै किन अग्रसर भएका छन ?

एमसिसिकाे पत्रले प्रचण्ड रक्षात्मक भएका छन।उनकाे राजनीति नै दाउमा लागेकाे छ। यसैकारण उनले कुनै समय शान्ति प्रक्रियामा मद्धत गरेका डा.शेखरकाे साथ खाेज्नु अन्यथा हाेइन तर के डा.शेखर नेपाली कांग्रेसकाे सभापति हुन ? के उनले भनेकाे कुरा लागु हुने अवस्था कांग्रेसमा छ ? तैपनि प्रचण्डलाइ उनले किन भेटे ? राजनीतिकाे नशा नशा थाह पाएका मानिसहरू डा.शेखरलाइ भारतसंग निकट नेता भनेर चिन्दछन।उनलाइ यसपटक सभापति जिताउन भारतले लागेकाे थिाये भनेर कांग्रेसकाे महाधिवेशन चर्चा चलेकाे थियाे।उनै डा.शेखरले प्रचण्डलाइ गठवन्धन नै टुटने गरि गठवन्धन हुदैन भन्नुकाे मतलब कैयाैं विश्लेषकहरूले प्रचण्डसंग दक्षिणकाे शक्ति रिसाएकाे रूपमा वुझेका छन। पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा छन तर काेइरालाले प्रण्डलाइ यसका वावजुद पनि किन भेटे ? एक समय देउवालाइ वाइपास गरेर प्रचण्डले वाेहराटार पुगेर रामचन्द्र पाैडेल भेटेका थिए ।यसपछि नै पाैडेल कांग्रेसकाे सरकार वनाउनुपर्छ भनेर भन्दै हिडे।यसपटक प्रचण्डले शेखर मार्फत खेल्न खाेजेका छन तर यसैदिन वसेकाे कांग्रेसकाे वैठकमा डा.शशांक काेइरालाले प्रचण्डसंग गठवन्धन गर्न सकिन्न भनेका छन।शेखरले प्रचण्ड भेटेकै दिन शशांकले पार्टी वैठकमा खुल्ला रूपमा वाेलेका छन।

दुवै काेइरालाकाे एउटै वाेली मात्र छैन,याे भनाइले गठवन्धन टुटने खतरा पनि बढेकाे छ।तर,याे जाेखिम कांग्रेस किन लिन खाेज्दैछ ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *