राजनीति

नयाँ पार्टी खाल्ने तयारीमा कमल थापा, आफूनिकट नेताहरुसंग छलफल गर्दै

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष कमल थापाले नयाँ पार्टी खोल्ने तयारी मा देखिएका छन् ।

चाबहिलस्थित ओमदुर्गा पार्टी प्यालेसमा सोमबार दिउँसो सुरु भएको भेलामा उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री कुन्ती शाही, रोशन कार्की, जयन्त चन्दलगायतका नेताहरू सहभागी छन् ।

महाधिवेशनमा पराजित भएपछि राप्रपा पूर्वअध्यक्ष थापाले अलग्गै पार्टी खोल्नका लागि भेला आयोजना गरेको बुझिएको छ ।


थापाले राप्रपामा निर्मल निवासको हस्तक्षेपबारे छानबिन गर्न भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई दुईपटक पत्र लेखिसकेका छन् । यो विषयमा पार्टीमा छलफल गर्ने लिङ्देनले प्रतिबद्धता जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *