राजनीति

बालुवाटार अचानक यसरी बदलियाे !

काठमाण्डाैं । बालुवाटार बदलिएकाे संकेत मिलेकाे छ। आइतवार विहान देखि नै तातेकाे काठमाण्डाैंकाे राजनीतिक बजार प्रधानमन्त्रीकाे निवास बालुवाटारसम्म पुग्दा झन बदलिएकाे थियाे।

नेपाली कांग्रेसकाे महाधिवेशनकाे बेलामा मञ्चमा भेटिएदेखि वाहेक एमाले अध्यक्ष केपी अेाली र माअेावादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे भेट भएकाे थिएन तर आइतवार यस्ताे भयाे कि दुवै अध्यक्षकाे भेट भयाे। वालुवाटारमा यी दुई अध्यक्षकाे भेट प्रधानमन्त्री शेरवहादुर देउवाकाे संयाेजनमा भयाे।

विहान देखि एमसिसीकाे पत्रकाे कारण तातिएकाे माहाैलकाे बीचमा तीन पार्टीका तीन नेताकाे भेट वालुवाटारमा भएकाे थियाे।भेटमा प्रधानमन्त्री शेरवहादुर देउवा र अध्यक्ष दाहाल मास्क लगाएर बसेका छन भने वालुवाटारबाट वालकाेट पुगेपछि सम्भवत पहिलाे पटक वालुवाटार पुगेका केपी अेाली भने मास्क खाेलेर निस्फिक्री मस्त मुद्रामा देखिन्छन।उनीहरूकाे बीचमा के कुरा भयाे अलग चर्चाकाे विषय हाे तर शरिरकाे भावभंगिममा हेर्दा अध्यक्ष दाहाल हिन भावनाले ग्रस्त देखिन्छन भने अेाली मस्त माैलाना जस्ता देखिन्छन-विजयी भावमा। वालुवाटारमा अेालीकाे प्रवेशले प्रचण्ड सशंकित पनि देखिन्छन।

कुरा यति मात्र हाेइन,वालुवाटारमा अर्काे कुरा पनि बदलिएकाे देखिन्छ।जुन हलमा प्रचण्ड-देउवा र अेाली भेटिन्छन-उक्त हलकाे भित्तामा राष्ट्रपतिकाे तस्वीर हटाइएकाे छ।र,भित्तामा राष्ट्रपतिकाे तस्वीरकाे सट्टा राष्ट्रिय चिन्ह राखिएकाे छ। यसअघिओली प्रधानमन्त्री हुदा राष्ट्रपति विधादेवी भण्डारीकाे तस्वीर राखिएकाे थियाे।

यी त भए,आवरणमा वदलिएका कुरा तर वालुवाटारमा यति मात्र बदलाव छैन,त्यहाँ राजनीतिक मुभकाे नया तयारी पनि देखिएकाे छ।एमसिसीलाई पत्र लेख्ने देखि यसकाे कार्यान्वयन संसदबाट कसरी गर्ने भन्ने नयाँ तयारी पनि देखिन थालेकाे छ।आइतवार नै कानुन मन्त्रीकाे सभामुख अग्नी सापकाेटासँग भेट भएकाे छ भने प्रधानमनत्री तिन शीर्ष नेतासंग भेटेर एमसिसिमा धारणा मागेका छन।र,राेचक कुरा के छ भने यसमा माधव नेपाललाई र उनकाे दललाई संलग्न गराइएकाे छैन ।र,याे भेटमा प्रचण्ड एक्लै गएका छन।

एमालेले भित्र जे भने पनि वाहिर भने संसद ढाेका खुल्छ तर हाम्रा कुरा सुनुवाइ हाेस भनेर सभामुखकाे राजनीमा मागेकाे छ।अर्थात,अब कि गठवन्धन टुटेर एमसिसी पास हुन्छ कि प्रचण्डहरू पनि एमसिसी पास गरेर गठवन्धन जाेगाउन तिर लाग्नेछन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *