काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नीजी सचिवालयलाई पूर्णता दिन गृहकार्य थालेका छन् । नीजी सचिवालयले पूर्णता नपाउँदा दैनिक गतिविधिमा प्रभाव परेपछि देउवाले सचिवालयलाई पूर्णता दिने तयारी थालेको उनी निकट स्रोतले बताएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् ।
अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन । देउवाले एक महिनामा एकजनालाई नियुक्त गर्ने गरेका छन् । निजी सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाका हरेक गतिविधि’दयगत मिडिया र नागरिक जानकारविहीन बन्न पुगेका छन् ।
देउवाले अहिलेसम्म स्वकीय सचिवमा भानु देउवा, कानुनतर्फ केशवराज जोशी, जनसम्पर्कतर्फ जनार्दन नेपाललाई मात्र औपचारिक रूपमा नियुक्त गरेका थिए ।
सोमबार प्रधानमन्त्री देउवाको सूचना, प्रविधि एवं सञ्चार विज्ञमा इन्जिनियर दिपेश विष्ट र भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा किरण गजुरेललाई नियुक्त गरेका छन् ।
अब प्रमुख राजनीतिक सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार नियुक्त हुन बाँकी रहेको छ ।
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा डा..प्रकाशशरण महत र रमेश लेखकको चर्चा रहेको छ । कांग्रेस उच्च स्रोतका अनुसार लेखकलाई पार्टी प्रवक्ता बनाउने तयारी रहेकाले प्रमुख राजनीतिक सल्लाहकारमा डा।महतको सम्भावना बढी रहेको बताइएको छ ।
परराष्ट्र सल्लाहकारमा डा.दिनेश भट्टराई नै पुनः दोहोरिने तयारीमा रहेका छन् । भट्टराई यसअघि सुशील कोइराला र देउवाको परराष्ट्र सल्लाहकार भइसकेका छन् ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा अहिले प्रधानमन्त्रीको प्रेसको काम पत्रकार गोविन्द परियार र प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलको चर्चा रहेको छ ।




