रिबन

कांग्रेसले तोक्यो सबै नेताको वरीयता, हेर्नुस् वरीयतासहितको सूची

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको वरीयतासहितको सूची सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयले सार्वजनिक गरेको सूचीमा सभापति शेरबहादुर देउवा पहिलो, उपसभापति पूर्णबहादुर खड्का दोस्रो र उपसभापति धनराज गुरुङ तेस्रो वरीयतामा रहेका छन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा क्रमशः चौथो र पाँचौ वरीयतामा छन् । उनीहरूपछिको वरीयतामा सहमहामन्त्रीहरू छन् । सहमहामन्त्रीमध्ये फरमुल्लाह मंसुर अघिल्लो वरीयतामा छन् । केन्द्रीय सदस्यहरूमध्ये पूर्वउपसभापति गोपालमान श्रेष्ठले शीर्ष वरीयता पाएका छन् । उनी १४औं वरीयतामा रहँदा निवर्तमान महामन्त्री डा.शशांक कोइराला १५ औं वरीयतामा रहेका छन् ।

[pdfjs-viewer attachment_id=181776 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/CWC-Tel-List-New-portfolio.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2021/12/CWC-Tel-List-New-portfolio.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *