काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ। आज पनि प्रतिनिधिहरुले राजनीतिक र विधान मस्यौदा प्रतिवेदनमाथि सामूहिक छलफलको निष्कर्ष सुनाउने क्रम जारी रहने भएको छ ।
बुधबार २५ समूहमध्ये ११ समूहको निष्कर्ष सुनाउने क्रम सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट निष्कर्ष सुनाउने माओवादी केन्द्रले जनाएको छ । २५ वटै समूहको प्रस्तुतिपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यसूची छ ।
प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ अध्यक्षले दिएपछि नयाँ नेतृत्व चयनको औपचारिक प्रक्रिया सुरु गर्ने कार्यतालिका रहेको माओवादी केन्द्रको निर्वाचन आयोगले जनाएको छ ।




