रिबन

प्रचण्डले ओलीलाई फोन गरे–ओलीले भने महाधिवेशनमा आउन भ्याउदिन

काठमाण्डौं । नेकपा माओवादी केन्द्रको महाधिवेशनमा एमाले अध्यक्ष केपी ओली नजाने भएका छन ।

महाधिवेशनमा अतिथिको रुपमा निम्ता गर्न अध्यक्ष दाहालले ओलीलाई फोन गर्दा ओलीले नआउने जानकारी दिएका हुन । उनले झापा भएकोले आउन नसक्ने जानकारी दाहाललाई दिएका छन ।

अध्यक्ष ओलीले आफनो ठाउमा महासचिव शंकर पोखरेललाई पठाउने भएका छन । यसअघि एमालेले गरेको महाधिवेशन पनि अध्यक्ष दाहाल गएका थिएनन । उनले स्थायी समितिका सदस्य लिलामणि पोखरेललाई पठाएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *