रिबन

बालुवाटारमा ४० करोड लागतमा सुविधासम्पन्न प्रधानमन्त्रीनिवास तयार, आज वास्तु पूजा

काठमाडौँ ।बालुवाटारमा ४० करोड लागतमा सुविधासम्पन्न प्रधानमन्त्रीनिवास तयार भएको छ ।

नवनिर्मित भवनमा आज वास्तु पूजा गरिंदै छ । वास्तु पूजा सकेपछि प्रधानमन्त्री सर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । पुरानो भवनलाई भत्काएर तीन–तीन तलाका दुई वटा नयाँ भवन निर्माण गरिएको छ । एक रोपनी जग्गामा बनाइएको एउटा भवन प्रधानमन्त्रीले प्रयोग गर्ने र दुई रोपनीमा बनाइएको अर्को भवन सार्वजनिक प्रयोजनका लागि प्रयोग गर्ने तयारी छ ।

सार्वजनिक भवन भने अझै बन्ने क्रममै रहेको छ । प्रधानमन्त्रीका लागि बनाइएको भवन बंकरसहितको विशेष सुरक्षा प्रवन्धयुक्त रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *