रिबन

अन्तिममा गुट फेर्नेहरूकाे राेचक नालीवेली, भाञ्जालाई तनावै तनाव

काठमाण्डाैं ।कांग्रेस नेताहरूले भटाभट उम्मेदवारी दर्ता गरेपछि वामविश्लेषक मुमाराम खनालले लेखे-काँग्रेसको प्यानलमा को कताबाट उठ्छ भन्ने बुझ्न त कम्युनिष्टको दस्तावेज बुझ्नु जत्तिकै कठिन रहेछ।

नेपालमा कम्युनिष्टहरू शब्दमा खेल्छन।जनसाधरणले सहज रूपमा नवुझने भाषा प्रयाेग गरेर रनभुल्ल पार्ने उनीहरूकाे चलन हुन्छ।जस्ताे,एउटै समाजवाद भन्ने शब्दलाई उनीहरू समाजवाद, वैज्ञानिक समाजवाद, राष्ट्रिय समाजवाद अनेक नाम दिएर जनतालाई झुक्याउँछन। कुरा उहि शब्द अनेक। ब्यानरमा उग्र कम्युनिष्ट, ब्यवहारमा दलाल पुजिवादी,सुदखाेर।

शनिवार कांग्रेसका नेताहरूकाे पनि राेचक पारा देखियाे।गत अधिवेशनपछि कग्रेस प्रवक्तामा रूची राखेका थिए-गगन थापाले। तर,सभापति शेरवहादुर देउवाले टपक्क टिपेर ल्याए विश्वप्रकाश शर्मा। उनलाई देउवाले प्रधानमन्त्री हुदै आफनाे राजनीतिक सल्लाहकार राख्न खाेजेका थिए। तर,सरकारमा कृष्णप्रसाद सिटाैलाकाे महत्वपूर्ण सहयाेग थियाे। कांग्रेसमा माअेावादी मिलाउन उनकाे सधैं प्रयाेग हुने गरेकाे छ।सिटाैला दाहिने नहुदा विश्वले प्रधानमन्त्री देउवाकाे राजनीतिक सल्लाहकार हुन पाएनन।यसपछि देउवाले पार्टी प्रवक्ता वनाए।उसै रिसाएका गगन झन आगाे भए देउवासँग।उनी प्रवक्ता भएपछि पार्टीकाे रूप फेरियाे,कम्युनिष्ट पार्टीले पनि विश्वकाे प्रशंशा गरे।तर,शनिवार तिनै विश्वप्रकाश शर्मा अचानक प्रकाशमान सिहकाे महामन्त्री भएर उदाए। सभापति देउवासँग सल्लाह पनि नगरि महामन्त्री घाेषणा गरेका विश्वले देउवा प्यानलमा माैका पाउने अवस्था थिएन। उनलाई सह-महामन्त्री बनाउने तयारी थियाे तर उनी गगन थापाले महामन्त्री घाेषणा गरेपछि उतर्सिएर महामन्त्री घाेषणा गर्न हतारिए। र,उनीसँग घमासान प्रतिस्पर्धा सिटाैला गुट अन्तिममा फेरेर डा.शेखरकाे प्यानलमा पुगेका गगन थापाकाे हुनेछ। विश्व गगन भन्दा आफू सिनियर भएकाे ठान्दछन। यी दुइकाे वीचमा प्रतिस्पर्धा र इर्श्या एकसाथ छ।

कुरा विश्वकाे मात्र हाेइन। देउवालाई सभापतिमा हराउने म मात्र हाे भन्ने डा.शशांक काेइरालाकाे पनि हाे। उनी सभापतिकाे उम्मेदवार भएनन।केन्द्रीय सदस्य मात्र भए। उनी सभापतिकाे उम्मेदवार हुदा महामन्त्रीकाे उम्मेदवार हुन्छु भनेर बसेका थिए-डा.मिनेन्द्र रिजाल। कुनै समय शेरवहादुर देउकाे राजनीतिक सल्लाहकार थिए। देउवाकाे प्यानलबाट रिजालसँगै राजनीतिक सल्लाहकार भएका डा.प्रकाशशरण महत महामन्त्री उम्मेदवार हुदा रिजाल अन्तयमा गुट फेरेर डा.शेखर काेइरालाकाे महामन्त्रीकाे उम्मेदवार भए। उनी मात्र हाेइन,रामचन्द्र पाैडेलका खास भनिएका अर्का डा.चन्द्र भण्डारी पनि गुट फेरेर डा.शेखरकाे उपसभापति भएका छन।अन्तिम समयमा गुट फेर्नेमा पाेखराका देवराज चालिसे पनि छन। प्रदेश अधिवेशनसम्म कृष्ण सिटाैलाकाे खास वाैद्धिक नेता भनेर चिनिएका चालिसे शनिवार डा.शेखरकाे प्यानलबाट सहमहामन्त्री भएका छन। यता देउवाकाे टिमका तेजुलाल चाैधरी पनि शेखरकाे टिममा पुगेका छन।

कृष्ण सिटाैलाकाे टिमकाे यस अधिवेशनमा मर्ज भएकाे छ। उनकाे टिमका प्रदीप पाैडेल र उमाकान्त चाैधरी देउवा टिममा परेका छन।महामन्त्री र सहमहामन्त्री उम्मेदवार भएका छन उनीहरू। काेइराला परिवार यहि क्रममा फुटेकाे छ। डा.शशांकले शेखरलाई समर्थन जनाएका छन तर सुजाता काेइराला प्रकाशमान सिंहकाे उपसभापति भएकि छिन। काेइराला परिवारका भाञ्जा महेश आचार्यलाइ भने कसैले पनि लिएका छैनन। उनी हप्ताैं देखि उपभापति भन्दै थिए तर उनी शेखरकाे टिममा अटाएनन र रामचन्द्र उम्मेदवार नै भएनन। तर,उनले उम्मेदवारी भने कायम राखेका छन।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *