काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँगै शीर्ष नेताहरु १४ औं महाधिवेशन उदघाटन समारोहस्थल भृकुटीमण्डपमा पुगेका छन् ।
देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि मञ्चमा पुगेका हुन् ।
यसअघि नेता पौडेलले आफ्नो पक्षमा उम्मेदवार बनाउने विषयमा असहमति भएपछि उदघाटन समारोहमा सहभागी नहुने बताएका थिए ।
तर युवा नेताहरुले पौडेललाई शुक्रबार विहानै निवास पुगेर महाधिवेशनको उद्घाटनमा उपस्थित हुन आग्रह गरेका थिए ।
उदघाटन समारोहमा बिभिन्न राजनीतिक दलका नेताहरु र विदेशी पाहुना पनि पनि पुग्ने क्रम जारी छ । महाधिवेशन औपचारिक रुपमा शुरु नभएपनि अहिले सांस्कृतिक कार्यक्रम भइरहेको छ ।




