काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको सबै पदाधिकारीहरुको विजयी नामावली सार्वजानिक भएको छ । राष्ट्रिय प्रजातान्त्र पार्टीको आगामी नयाँ कार्यकालका लागि अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । यद्यपी अन्य पदाधिकारीहरुमा भने कमल थापा र लिङ्देन दुबै प्यानलमा उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा विक्रम पाण्डे विजयी भएका छन् । पाण्डे २५ सय २१ मत ल्याएर विजयी भएका हुन् । ध्रुव बहादुर प्रधान १८ सय १४ मत र बुद्दिमान तामाङ १९ सय ४४ मत ल्याएर निर्वाचित भएका छन् । उपाध्यक्ष महिलातर्फ रोशन कार्की विजयी भएकी छिन् । उनले १५ सय ८९ मत ल्याएर विजयी भएकी हुन् । उनी कमल थापा पक्षबाट निर्वाचित भएकी हुन् । महिला महामन्त्रीमा नायिका रेखा थापा पराजित भएकी छिन् । राजेन्द्र लिङ्देन प्यानलबाट महिला कोटाको महामन्त्री पदमा निर्वाचन लडेकी रेखा पराजित भएकी हुन् । सो पदमा कमल थापा प्यानलकी कुन्ती शाही विजयी भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले जानकारी दिए ।





