रिबन

महाधिवेशन प्रतिनिधिहरुलाई नेता बस्नेतको बधाइ

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि छनोट भएका प्रतिनिधिहरुलाई बधाइ र शुभकामना दिएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘सर्वप्रथम नेपाली काङ्ग्रेसको महाअभियान अन्तर्गतको चौधौं महाधिवेशनमा विधान बमोजिम देशभरिबाट हालसम्म सफलता पुर्वक सप्पन्न भएको विभिन्न तह र तप्काको आन्तरिक प्रतिस्पर्धामा सफल हुनुहुने सम्पुर्ण साथीहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।’

उनले अगाडि भनेका छन्, यसै अधिवेशनको सिलसिलामा मेरो गृह जिल्ला सिन्धुपाल्चोकमा पहिलो, दोस्रो र तेस्रो चरणमा क्रमशः वडा, पालिका र प्रदेश अधिवेशन सफलता पुर्वक सम्पन्न गरी नेपाली काङ्ग्रेसको गरिमा कायम राख्न सहयोग पुर्‍याउनु हुने केन्द्रिय प्रतिनिधि, शिक्षक संघ, सम्पुर्ण कृयाशिल सदस्यहरू, क्षेत्रीय प्रतिनिधिहरु, ईकाई सभापतिहरु, पार्टीका विभिन्न तह र तप्काका नेता गण, भातृ शुभेच्छुक संस्थाका नेता गण, युवा तथा तरुण साथीहरु लगायत सम्पुर्ण लोकतन्त्र प्रेमी साथीहरूमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्न चाहन्छु र बाँकी चरणका अधिवेशनको पनि सफलता पुर्वक सम्पन्न होस् भन्ने कामना गर्दछु ।

यस अन्तर्गत जिल्लाका विभिन्न वडा, पालिका र प्रदेश तहको अधिवेशनमा सफल भई विभिन्न पदीय जिम्मेवारी प्राप्त गर्ने साथीहरूलाई हार्दिक बधाई दिदै आगामी दिनहरूमा तपाईंहरुको साथ र सहयोगले सिन्धुपाल्चोक काङ्ग्रेसलाई अझ मजबुत र शसक्त बनाउन अहम् भुमिका खेल्ने छ भन्ने अपेक्षा सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । साथै, पार्टीको आन्तरिक प्रतिस्पर्धामा संख्यात्मक हिसाबले पछि पर्नुभएका साथीहरुमा हतोत्साहित नहुन आग्रह गर्दै तपाईंहरुको क्षमता र योगदान बमोजिम पदिय हिसाबले विभिन्न जिम्मेवारीहरु क्रमशः प्रदान गरिने कुरा जानकारी गराउन चाहन्छु ।

अन्तमा विगत केही दिन देखि मेरो स्वास्थ्यमा केही समस्या देखिएकाले म डाक्टरको सल्लाह बमोजिम अस्पतालमा उपचाररत रहको हुनाले शसक्त रुपमा समन्वय कारी भुमिका खेल्न नपाएको कुरा शुभेच्छुक सम्पुर्ण साथीहरूमा जानकारी गराउदै तपाईंहरुको कार्यक्षमताको उचित मुल्यांकन गरि विभिन्न जिम्मेवारीहरु क्रमशः प्रदान गरिने कुरामा विश्वस्त रहन अनुरोध गर्दछु ।

आशा छ तपाईंहरुको आशीर्वादले मलाई छिट्टै निको भई नियमित कार्यमा तपाईंहरुको साथमा छिट्टै फर्कने छु, नेता बस्नेतले भनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *