काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले शासन व्यवस्थाविरुद्ध विवादास्पद अभिव्यक्ति दिदै आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौति दिएका छन ।
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीमा शान्तिबाटिकामा आयोजित कार्यक्रममा प्रमुख वक्ताको रुपमा रहेका प्रधानमन्त्री देउवाले भने–संविधान र गणतन्त्रको खिलापमा नलाग्नुहोस । प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो । प्रजातन्त्रको खिलापमा लाग्नु हुन्न । शासन गर्ने इच्छाभए बरू चुनाव लडे भइहाल्यो नि ! जनताभन्दा ठूलो मालिक कोही छैन भन्ने सत्य स्वीकार गर्नुहोस ।




