काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको जोखिम कायमै रहेको र सबै नागरिकले पुर्ण खोप नलगाइसकेकाले स्वास्थ्य मापदण्डलाई पालना गर्दै तिहार मनाउन आग्रह गरेका छन् ।
तिहारको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले सरकारको निरन्तर प्रयास र जनताको सहयोगले कोरोनाविरुद्धको खोप लगाउने क्रम चलिरहेको भएपनि होसियारीपूर्वक पर्वलाई केही हदसम्म आपसीरुपमा बसेर मनाउन अपील गरेका हुन् ।
प्रधानमन्त्री देउवाले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् ।




