काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले राखेको विश्वासको मतको प्रस्तावमाथि आज मतविभाजन हुने भएको छ।
आज मध्यान्ह १२ः३० बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ। मुख्यमन्त्री बनेकै दिनदेखि नेकपा एमाले प्रदेश १ संसदीय दलका नेता आचार्य अल्पमतमा छन्। उनले विश्वासको मत जुटाउने सम्भावना कमजोर छ।
प्रदेश १ मा केन्द्काे सत्ता गठबन्धनबाटै मुख्यमन्त्री बनाउने पक्का छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा नेकपा एकीकृत )समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई समर्थन गर्ने निर्णय गरेको हो ।




