काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा १ हजार ५ सय ३६ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।
आज बसेको एमालेको स्थायी कमिटि बैठकले महाधिवेशन प्रतिनिधिको संख्या टुंगो लगाएको सचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
ृउनका अनुसार स्थायी कमिटीको निर्णय अनुमोदनका लागि शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने निर्णय समेत भएको छ । उनका अनुसार भुगोलबाट १ हजार १९३ जना प्रतिनिधि सहभागी हुने र बाँकी प्रतिनिधि केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकारका निश्चित सदस्यहरू हुनेछन् ।
ज्ञवालीले दिएको जानकारीअनुसार महाधिवेशनमा, ४९ प्रतिशत खुला प्रतिनिधि सहभागी हुनेछन् भने ५१ प्रतिशत समावेशी प्रतिनिधि सहभागी हुनेछन् ।




